पुम्दी भुम्दीमा विश्वकर्मा संग्रहालय स्थापना गरिने


     एभरेस्ट आवाज    
     फागुन ७ गते २०७८ मा प्रकाशित




पोखरा ६, फागुन

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले दुषित मनसायले आएको अनुदान नेपाललाई स्विकार्य नहुने बताएका छन् । पोखरा २२ को (पुम्दी भुम्दी) स्थित विश्व शान्ति स्तुपाः मा विश्वकर्मा समाज नेपालले स्थापना गर्न लागिएको उक्त संग्रहालय भवनको शनिबार एक समारोहका बिच शिलन्यास गर्दै माओबादी केन्द्रका नेता समेत रहेका मन्त्री बरालले यस्तो बताएका हुन् ।

अमेरिकी परियोजना एमसीसी दुषित मनसायले आउन लागेकोले त्यस्तो अनुदान नेपाललाई स्विकार्य नहुने बताउदै मन्त्री बरालले नेपालको आर्थिक विकास र समृद्धिमा अमेरीका, जापान, वेलायत लगायतका देशबाट सहयोग लिदै आए पनि दुषित मनसाय वा राष्ट्यि हित विपरित आउने कुनै सहयोग नेपालको लागि कुनै हालतमा स्विकार्य नहुने बताए ।

अन्य समुदायको दाजोमा नपुग्दासम्म उत्पिडनमा परेकालाई अवसर दिनुपर्ने बताउदै मन्त्री बरालले केही समयको लागि हाल उत्पिडनमा परेकाको लागि क्षतिपुर्ति स्वरुप अवसर दिनै पर्ने धारणा व्यक्त गरे । कला, सीप र सृजना भएका व्यक्तिलाई अपमान नभई मौका र अवसर दिनुपर्ने उनको भनाई थियो । अझै उत्पिडनमा परेकाहरुको अधिकार सुनिश्चित नभएकोले आफ्नो अधिकार प्राप्तीको सुनिश्चितता नहुदासम्म एक भई लड्न आवश्यक भएको मन्त्री बरालको भनाई थियो । उउनले भने,“उत्पिडनमा परेका दलित समुदायका व्यक्तिहरुले सुकिलोमुकीलो व्यक्तिहरुसंग आँखा जुधाएर कुरा गर्न नसक्ने अबस्थाबाट जनयुद्धको जागरणले हाल कुरा गर्न सक्ने अबस्थामा पुगेका छन्। ” उक्त भवन सहितको संग्रहालय निर्माणमा सक्दो पहल गर्ने मन्त्री बरालले प्रतिबद्धता जनाए ।

प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोद कुंवरले उक्त संग्राहलयले पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । पदमार्गले पर्यटकहरुलाई थप आकषर्ण गर्ने हुदा यस क्षेत्रमा पदमार्गको विकासमा समेत ध्यान दिदै विश्वकर्मा समुदायको छोटो बृत्त चित्र समेत निर्माण गर्न उहाँले सुझाव दिए ।

प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोद कुंवरले उक्त संग्राहलयले पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । पदमार्गले पर्यटकहरुलाई थप आकषर्ण गर्ने हँुदा यस तर्फ ध्यान दिन उहाँले स्थानियलाई आग्रह गरे ।

पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष मित्रलाल बरालले उक्त भवन निर्माणमा सहयोग गर्ने बताए । समाजमा अझै पनि हुने गरेको विभेदको अन्त्य गर्नुपर्ने उनको भनाई थियो । वडा सदस्य मात्रिकाप्रसाद बरालले उक्त भवन निर्माण गर्न आफुहरुले पनि केही सहयोग गर्ने बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेलले १० बर्षीय जनयुद्धले गर्दा समाजमा जागरुकता आएको बताउदै उक्त संग्राहलय निर्माणमा सहयोग गर्ने बताए । माओबादी केन्द्र पोखरा २२ का अध्यक्ष नवराज बरालले उक्त संग्राहलय गाउँकै पहिचान हुने बताए । पर्यटन उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रीका निजी सचिव नविन विश्वकर्माले विश्वकर्माहरुले आफ्नो पहिचान छाड्न नहुने बताउदै आफ्नो जात छोड्दा जनसङख्या नै घटेको तथ्याङक आएको गुनासो गरे ।

समाजका अध्यक्ष गणेश बहादुर विश्वकर्माको अध्यक्षतामा उक्त समारोह सम्पन्न भएको सचिव सन्तोष दीयालीले बजानकारी दिए । पोखरा २२ को (पुम्दी भुम्दी) स्थित विश्वशान्ति स्तुपा नजिक विश्वकर्मा समुदायको संग्राहलय स्थापना गर्न हाल भवन निर्माण गर्न लागिएको अध्यक्ष विश्वकर्माले बताए । समाजको पहिलो चरणमा करिब १४ लाखको लागतमा संग्राहलय भवन निर्माण गर्ने उनले बताए । सामाजिक विकास मन्त्रालयबाट उक्त भवन निर्माणको लागि १० लाख बजेट विनियोजन भएको सचिव दियालीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।