भिष्म र राजेश रेवान पोखरा भेट्रान्स टेनिसको फाइनलमा


     एभरेस्ट आवाज    
     फागुन ९ गते २०७८ मा प्रकाशित




पोखरा । भिष्मराज पौडेल र राजेश गुरुङ्ग पोखरा रंगशालामा जारी रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ अन्र्तगत नवप्रवेशितर्फ फाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाइनल खेलमा भिष्मले दुर्गा सुनारलाई ६–२, ६–३ ले तथा राजेशले रविन गुरुङ्गलाई ६–२,६–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको नवप्रवेशितर्फको फाइनल खेल मंगलबार हुनेछ । त्यस्तै प्रतियोगिता अन्तर्गत सिनियर भेट्रान्सतर्फका खेलहरुपनि मंगलबारदेखिनै शुरु हुने आयोजक संघ कास्कीका सचिव नविन श्रेष्ठले जानकारी दिए । नवप्रवेशितर्फ सेमिपफाइनल पुगेका भिष्मराज पौडेल, रविन गुरुङ्ग, दुर्गा सुनार र राजेश गुरुङ्गले पनि सिनियरतर्फ भाग लिन पाउने भएका छन् ।

प्रतियोगितामा खुल्ला एकलतर्फका विजेताले नगद १५ हजार तथा दोश्रो हुनेले नगद ७ हजार ५ सय सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । डबल्सतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । नवप्रवेशितर्फका विजेता र उपविजेताले ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।