झण्डै २ महिनापछि धरौटीमा छुटे र्‍यापर ‘लाउरे’


     एभरेस्ट आवाज    
     फागुन १० गते २०७८ मा प्रकाशित




फाइल तस्विर : र्‍यापर आशिष राना ‘लाउरे’

पोखरा । र्‍यापर आशिष राना ‘लाउरे’ रिहा भएका छन् । लागूपदार्थसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका ‘लाउरे’ मंगलबार ५० हजार रुपैयाँमा रिहा भएका हुन् ।

लागूपदार्थ प्रयोग तथा कारोबार गरेको अभियोगमा झण्डै २ महिना कास्की प्रहरीको हिरासतमा रहेका लाउरेलाई कास्की जिल्ला अदालतले ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

लाउरेसंगै पक्राउ परेका अन्य ३ जनालाई भने पुर्पक्षका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको छ ।

प्रहरीले गत पुस १४ गते राती लाउरेसहित चार जनालाई पोखराको जाल्पा रोडबाट औषध ब्राउन सुगर सहित नियन्त्रमा लिएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।