पोखराका १९ स्थानमा आज र भोली बुस्टर डोजको खोप

- (कहाँ, कहिले खोप लगाइँदैछ ? हेर्नुहोस, मिति र खोप केन्द्रहरु)


     एभरेस्ट आवाज    
     फागुन ११ गते २०७८ मा प्रकाशित




पोखराका १९ स्थानबाट आज (बुधबार) र भोली (बिहीबार) कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाइँदैछ।

कोभिशिल्ड, भेरोसेल, अस्ट्रजेनेका, जेनसन, मोडर्ना लगायतका सबै खोप लगाएर ६ महिना पूरा भएकालाई आज र भोली बुस्टर डोज खोप लगाइने भएको हो।

पोखरा महानगरपालिकाको व्यवस्थापनमा कोभिशिल्ड, भेरोसेल, अस्ट्राजेनेका, जेनसनको बुस्टर डोजको खोप लगाइने भएको हो।
खोप केन्द्रबाट कोभिशिल्ड, मोडर्ना र अस्ट्राजेनेकाको बुस्टर डोज खोप लगाइँदैछ।

यो हप्ताभर पोखराका विभिन्न ४६ स्थानबाट कोरोना विरुद्धको खोप वितरण हुँदैछ। फागुनको ११, १२, १३, १५, १६, १७ र १८ गतसम्म पोखरामा खोप वितरण हुन लागेको हो।

जसमा ११ र १२ गते १९ स्थानबाट, १३ गते २ स्थानबाट, १५ र १६ गते १३ स्थानबाट, १७ र १८ गते १० स्थानबाट खोप वितरण हुने पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ।

सबै खोप २ पटक खोप लगाएर ६ महिना पूरा गरेकाहरुलाई बुष्टर डोज दिइने बताइएको छ। खोप लगाउनेले खोप कार्ड अनिवार्य साथमा लिएर आउनुपर्ने सूचनामा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।