गाउँपालिकाद्धारा चार वर्षमा एक हजार २०० धारा निर्माण


     एभरेस्ट आवाज    
     फागुन ११ गते २०७८ मा प्रकाशित




बागलुङ । भौगोलिक हिसाबले जिल्लाकै दुर्गम मानिने तमानखोला गाउँपालिकाले पछिल्लो चार वर्षमा एक हजार २०० धारा निर्माण गरेको छ । गाउँपालिकाले पानीको अभाव रहेका गाउँलाई केन्द्रित गरेर बिभिन्न परियोजना सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाले अझै एक हजार घरपरिवारका लागि एक घर एक धारा पु¥याउन बाँकी छ । तमानखोला –२ को खोलेस्बाङमा पछिल्लोपटक सुरु भएको सबैभन्दा ठूलो खानेपानी आयोजना चलिरहेको छ । खोलेस्बाङ विष्णुमाया घर्तीले पानीको धारा बनाउन आफँैले गिट्टी कुट्ने, ढुङ्गा बोक्ने, खानेपानीको पाइप लाइन खन्ने काममा खटिएका छन् ।

गाउँमा लामो समयदेखि खानेपानीको अभाव थियो । अभाव टार्न उनीहरुले दुई वर्षदेखि खानेपानीको आयोजना निर्माण गर्दैछन् । कोरोना सङ्क्रमण र निषेधाज्ञाले सोचेको बेलामा काम गर्न नपाएर ढिलाइ भएको छ । खोलाखोल्सीको पानी खाँदा बिरामी पर्ने समस्याले उनीहरुले पानीको खोजी गरेका थिए । यो अभियानमा ‘गोरखा वेयलफेयर ट्रष्ट’ दाताका रूपमा आइपुग्यो ।

यसपछि भने स्थानीयवासीले हौसिएर काम गर्न थालेका छन् । गाउँपालिकासँग समन्वय गरेर काम भइरहेको छ । दुई वर्षअघिदेखि सुरु भएको आयोजना पूरा हुने चरणमा पुगेको छ । आगामी चैतसम्ममा घर–घरमा धारा ल्याउने गरी स्थानीयवासीले काम गरेका हुन् । वर्षात्मा नजिकै पानीका स्रोत पाए पनि हिउँद र सुक्खायाममा बढी समस्या थियो ।

त्यसैले उनीहरुले पानी खेप्ने सास्ती खेपेका थिए । स्थानीयवासीले खेपेको दुःखबाट दाता खोज्ने क्रममा सस्था भेट्टाएको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर घर्तीले बताए । उनले बिद्यालय, सामुदायिक भवनसहित घर–घरमा धारा जडान गरेर उपभोक्तालाई शुद्ध पानी खुवाउन लागेको बताए । उक्त स्थान गाउँदेखि झण्डै १० किमी पर छ ।

रु ६० लाख सस्थाको लगानी भएको आयोजनामा स्थानीयवासीको श्रमदानसमेत गर्दा रु एक करोड बढी लागत लागेको उनले जानकारी दिए । ढुवानीको समस्या भएकाले स्थानीयवासीले पनि आयोजनामा धेरै लगानी गरेको उनले बताए । आयोजनाका सामाजिक सुपरीवेक्षक दुर्गा लिम्बूका अनुसार यो आयोजनाबाट १४७ धारा जडान हुनेछन् । तीमध्ये पाँच विद्यालय, आमा समूह, सामुदायिक भवन छन् ।

तमानखोलाका अध्यक्ष जोकलाल बुढाले तमानगाउँलाई त शुद्ध खानेपानीसहित पूर्ण सरसफाइ गाउँ घोषणाको तयारीमा पु¥याइसकेको बताए । तमानखोलामा नेपाल स्वास्थ्यका लागि पानी ९नेवा०, गण्डकी प्रदेश र स्थानीय तहसमेतको लगानीमा अन्य खानेपानी आयोजना निर्माण भइरहेका हुन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।