काठमाडौ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।
संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरुलाई निर्देशन गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिए । आइतबारको संसद् बैठकमा टेबल भएको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्बन्धी प्रस्तावमाथि बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हँुदैछ ।
एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ । ठूला राजनीतिक दलमध्ये हालसम्म कांग्रेस मात्र स्पष्ट रुपमा खुलेर एमसिसीका पक्षमा देखिएको छ । सरकारले अन्य दललाई पनि एमसिसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गर्दै छलफलको प्रयास जारी राखेको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा गणित हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ । कक्षा…






