गण्डकी प्रदेश सरकार जे भन्छ, त्यहि गर्छ : मन्त्री बस्नेत


     एभरेस्ट आवाज    
     कार्तिक २५ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेश सरकार जे भन्छ, त्यहि गर्ने बताएका छन् । माछापुच्छ्रे गाउँपालिका ५ रिभानस्थित रिभान खहरेखोला पुल निर्माणको मंगलबार शिलान्यास गर्दै मन्त्री बस्नेतले यसअघीका सरकारले जस्तो मुखले जे भन्छ त्यो नगर्ने काम वर्तमान सरकारले नगर्ने बताएका हुन् । यसअघीका सरकार जस्तो यो सरकार होईन,‘यो सरकार जे भन्छ, त्यहि गर्छ ।’ हजारौंको बलिदान र क्रान्तिले ल्याएको गणतन्त्र र संघीयता आएको र त्यसैका आधारमा बनेको सरकारले जनताको पीरमर्का र बुझेर काम गर्ने बताए । उनले विकासको मूल फुटाउन सरकार लागिरहेको भन्दै यसका लागि जनतालेपनि साथ दिनुपर्ने बताए ।

मन्त्री बस्नेतले गण्डकी प्रदेश सरकारले यसै वर्ष गण्डकी प्रदेशलाई उज्यालो प्रदेश घोषणा
उनले भने,‘दक्षिणको नवलपुरको होप्सीकोटदेखि मनाङको कुना कन्दरासम्म हामी उज्यालो बनाएरै छाड्छौं ।’

मन्त्री बस्नेतले काठे पोलपनि यसैवर्ष हटाई सक्ने दाबी गरे । काठे पोलको सट्टामा स्टिल र फलामको पोल राख्ने काम तिव्र रुपमा भइरहेको र यसैवर्ष त्यो काम पूरा हुने उनको भनाई छ । उनले यहि वर्षमा एक घर, एक धारापनि पु¥याउनेपनि उल्लेख गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।