आज संसद बैठक बस्दै, एमसीसीमाथि छलफल हुने कार्यसूची छ


     एभरेस्ट आवाज    
     फागुन १२ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दैछ।

आज दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने कार्यसूची छ।

संसद् सचिवालयले जारी गरेको बैठकको संभावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस हुने उल्लेख छ।

प्रतिनिधिसभाको बैठक अघि, बिहान ११ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ। गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरिएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।