गंभीर संकटमा फसेको युक्रेनले संकटकाल घोषणा गर्ने भएको छ।
युक्रेनको राष्ट्रिय सुरक्षा परिषद् (नेसनल सेक्युरिटी काउन्सिल) ले संकटकाल लगाउने निर्णय गरेको हो।
दोनेत्स्क र लुहान्स्क क्षेत्रबाहेक सबै क्षेत्रमा संकटकाल लगाउने निर्णय गरेको वरिष्ठ सुरक्षा अधिकारी ओलेक्सी डानिलोभ सुरक्षा परिषद्को बैठकपछि बताएका छन्। दोनेत्स्क र लुहान्स्कमा युक्रेनी फौजले पहिलेदेखि नै रुस समर्थित पृथकतावादीसँग लडाइ गरिरहेको छ। संकटकाल सुरुमा ३० दिनसम्म रहने उनले बताएका छन्। यद्यपि, यो कदमलाई युक्रेनी संसदले अनुमोदन गर्नुपर्नेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







