नेपालले ग्लोबल छनोट ‘ए’ अन्तर्गत तेस्रो स्थानको लागि ओमानसँग खेल्दै


     एभरेस्ट आवाज    
     फागुन १२ गते २०७८ मा प्रकाशित




काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटको ग्लोबल छनोट ‘ए’ अन्तर्गत तेस्रो स्थानको लागि नेपालले आज बिहीबार ओमानसँग खेल्दैछ । यी दुई टोलीबीचको खेल आज दिउँसो पौने ४ बजे अल अमरेत क्रिकेट स्टेडियममा सुरू हुनेछ ।

ओमान र नेपाल दुबै सेमिफाइनलबाट बाहिरिएका टोली हुन् । सेमिफाइनलमा नेपाल यूएईसँग र ओमान आयरल्याण्डसँग पराजित भएका थिए । नेपाल ओमानलाई हराएर तेस्रो स्थान हासिल गर्न चाहन्छ ।

यस्तै, घरेलु टोली ओमान यस अघिको हारको बदला लिँदै तेस्रो स्थानमा अन्त्य गर्ने सोचमा छ । छनोटको उपाधिका लागि आजै युएई र आयरल्याण्ड भिड्ने छन् । फाइनल पुगेका युएई र आयरल्याण्ड अष्ट्रेलिया विश्वकपका लागि समेत छनोट भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।