झापा । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानका लागि आवश्यक झापामा तयारी सुरु गरिएको छ । एक दशकदेखि अभियान सञ्चालन भइरहेको झापामा हात्तीपाइले रोग निवारणको चरणमा नपुगिसकेकाले एघारौँपटक अभियान सञ्चालन हुन लागेको हो ।
भद्रपुर नगरपालिकामा आज पहिलोपटक अभियानबारे सर्वपक्षीय अन्तक्र्रिया गरिएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले हात्तीपाइले रोग, यसबाट बच्ने उपाय, आम औषधि सेवन अभियान र अभियानका प्रभावहरूकाबारे जानकारी गराउनुका साथै तयारीबारे स्पष्ट पारे ।
सन् २०२० मै नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने प्रतिबद्धता नेपाल सरकारले गरे पनि केही जिल्लामा निवारण हुन नसक्दा अभियान थपिएको उहाँले जानकारी दिनुभयो । प्रदेश नं १ मा झापा र मोरङमा यो कार्यक्रम छ ।
यही फागुन २८ देखि आम औषधि सेवन अभियान सञ्चालन हुने उनले जानकारी दिए । यसका लागि झापामा ६०० स्वास्थ्यकर्मी र त्यति नै सङ्ख्यामा स्वास्थ्य स्वयंसेविका परिचालन गरिने तयारी छ ।
जिल्लाका आठ लाख ४३ हजार नागरिकलाई औषधि सेवन गराउने लक्ष्य रहेको उनले बताए । सो सङ्ख्याका लागि करिब नौ लाख चक्की एडबान्डाजोल र २० लाख चक्की डिइसी औषधिको व्यवस्था गरिएको चौलागाईँको भनाइ छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा छात्राहरूका लागि ‘आत्मरक्षा’ सम्बन्धी एकदिने…






