फागुण १३,पोखरा
राप्रपा नेपाल कास्कीको नयाँ जिल्ला कार्यसमिति गठन भएको छ । राप्रपा नेपालका केन्द्रिय सदस्य एवं स्थानिय निकाय निर्वाचन परिचालन समिति सदस्य शिवकुमार बाँस्तोलाको अध्यक्षतामा २४ सदस्यि जिल्ला कार्यसमिति गठन गरिएको हो ।
समितिको सदस्यहरुमा सूर्यप्रसाद बाँस्तोला, विश्वराज पौडेल, इन्द्र्रकुमारी शाही, चिना दवाडी, सागर क्षेत्री, टुकबहादुर गुरुङ्ग, विमल बराल, हिमाल पोखरेल, विष्ण्ु बाँस्तोला, कृष्णप्रसाद बाँस्तोला, लिलाधर गौतम, दिपक सुनार, अर्जुन अधिकारी (हमाल), बिरबहादुर तामाङ्ग, टिकीसरा गर्वुुजा तामाङ्ग, स्विटी केसी, सुरेश शिल्पकार, सन्तोष घिमिरे, वर्षा ढकाल, टेकबहादुर जलारी, रोशन पौडेल, सजग तिवारी, सुनिल बाँस्तोला र छवि लामिछाने रहनुभएको छ ।
त्यसैगरि राप्रपा नेपालको तर्फबाट जिल्ला निर्वाचन समिति कास्कीमा सम्पर्क र समन्वय गर्न पार्टीका केन्द्रिय सदस्य सूर्यप्रसाद बाँस्तोलालाई मनोनयन गर्ने निर्णय समेत गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







