इन्डोनेसियामा ६.२ म्याग्निच्युडको भूकम्प, कम्तीमा २ को मृत्यु


     एभरेस्ट आवाज    
     फागुन १४ गते २०७८ मा प्रकाशित




सांकेतिक तस्बीर

इन्डोनेसियामा शुक्रबार ६.२ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्पका कारण अहिलेसम्म कम्तीमा २ जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

उनीहरुका अनुसार अरु २० जना घाइते भएका छन भने अरु क्षतिको विवरण आउन बाँकी नै छ। इन्डोनेसियाको सुमात्रालाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ ।

‘म मैले मेरो बच्चालई हेरचाह गरेर बसिरहेको थिएँ, एक्कासी भूकम्प आयो, हामी सबैले के गर्ने भन्ने नै सोच्न सकेनौँ, एकाएक भागिएछ,’ एक प्रत्यक्षदर्शीले भनेका छन्। भूकम्पपछि अहिले धेरै मानिस घर बाहिर बसेको र सबैजना त्रसित अवस्थामा रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन्।

भूकम्पका कारण आँधीको संभावना भने नरहेको जनाइएको छ। भूकम्पले पारेको असरसम्बन्धी दृश्यहरु संचारमाध्यम तथा सामाजिक सञ्जालमा देखिएका छन्। इन्डोनेसियाको प्रकोप व्यवस्थापनसम्बन्धी निकायका प्रमुख अलिम बजारले घटनास्थलमा सुरक्षाकर्मी तथा उद्धारकर्ताहरु परिचालन गरिएको जानकारी दिएका छन्। उनका अनुसार भूकम्पका कारण विभिन्न सेवा तथा नियमित कार्यमा समस्या उत्पन्न भएको छ।

रासस/एएफपी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।