युक्रेनले किभका स्वयंसेवकलाई १८ हजार मेसिन गन दिएको बताएको छ।
रुसी फौजबाट किभको रक्षा गर्न उनीहरूलाई हतियार उपलब्ध गराइएको गृह मन्त्रालयले जनाएको छ।
युक्रेनी अधिकारीहरूले आफ्ना जनतालाई आक्रमणको प्रतिरोध गर्न सकेजति सबै गर्न आह्वान गरेका छन्।
रक्षा र गृह मन्त्रालय दुवैले किभका बासिन्दाहरूलाई सेनाको गतिविधिको बारेमा जानकारी दिन, मोलोटोभ ककटेल बनाउन र शत्रुलाई नाश गर्न अपील गरिरहेका छन्। पेट्रोल बम कसरी बनाउने भनेर चरणवद्ध निर्देशन सहितको पर्चा गृह मन्त्रालयको सामाजिक सञ्जालमा पोस्ट गरिएको छ।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







