युवा नेता पौडेलको दुर्घटनबाट निधन


     एभरेस्ट आवाज    
     फागुन १४ गते २०७८ मा प्रकाशित




स्याङ्जा । सवारी दुर्घटनामा युवा नेता सुवास पौडेलको निधन भएको छ ।

नेकपा माओवादी निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) का केन्द्रीय स्वास्थ्य विभाग प्रमुख पौडेलको स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित भालुपहाडमा चलाइरहको मोटरसाइकलसहित खस्दा निधन भएको हो ।

स्याङ्जाको फेदीखोला स्थायी घर भएका पौडेल वाइसिएल स्याङ्जा जिल्ला कार्यसमितिको बैठक सकेर पोखरा फर्किदै गर्दा भालुपहाडमा खसेको जनाइएको छ ।

सडकबाट करिव डेड सय मिटर तल भिरमा खसेका पौडेलको आज विहानमात्रै शव भेटिएको हो । घर परिवारबाट पौडेल सम्पर्कमा नभएको जानकारी प्राप्त भएपछि प्रहरीले खोजी गर्ने क्रममा भालुपहाडमा मोटरसाइकल सहित अड्किएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।