पर्यटन पुनरुत्थानका लागि जलयात्रा


     एभरेस्ट आवाज    
     फागुन १४ गते २०७८ मा प्रकाशित




धादिङ । कोरोना प्रभावित पर्यटनको पुनरुत्थानको उद्देश्यका साथ पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजनामा धादिङको विशालटारस्थित मालिङ्गादेखि चरौदीसम्म जलयात्रा गराइएको छ ।

सङ्घ आबद्ध ४० जना पर्यटन व्यवसायी सम्मिलित झण्डै १२ किरोमिटर दूरीको उक्त जलयात्रा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन र बूढीगण्डकी हाइवे रेष्टुरेन्टको सहयोगमा गरिएको सङ्घका अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए ।

कोरोनाका कारण लामो समयसम्म प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन पर्यटकीय गतिविधि चलायमान बनाउनुपर्ने आवश्यकतालाई दृष्टिगत गर्दै जलयात्रा गराइएको उनले बताए ।

कोरोना प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन पर्यटन सम्बद्ध सबै सङ्घसंस्थाको सक्रियता अपरिहार्य भएको उनले बताए । सङ्घको आयोजनामा विगतका वर्षमा पनि नवलपुर क्षेत्रका साथै सुपा देउराली, स्वर्गद्वारीआदि स्थानको धार्मिक पर्यटन प्रवद्र्धनसँगै विभिन्न पर्यटन लक्षित तालिम, अन्तक्र्रिया गरिँदै आइएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।