पोखरा । नेकपा एमालेका नेता तथा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रविन्द्र प्रसाद अधिकारीको स्मृतिमा आइतबार पोखरामा भोलि छुट्टा–छुट्टै दुई कार्यक्रम गरिने भएको छ ।
स्व. अधिकारीको तेस्रो स्मृति दिवसका सन्दर्भमा आइतबार पोखरामा विहान ८ बजे सहिद स्मृति पार्कस्थित स्व. अधिकारीको शालिकमा माल्यार्पण तथा पूर्वान्ह ११ बजे रविन्द्र स्मृति दिवस समारोह आयोजना गरिने प्रतिष्ठानका महासचिव धनराज आचार्यले जानकारी दिए ।
स्वर्गिय अधिकारीको तेस्रो स्मृति दिवसको सन्र्दभ पारेर विहान पोखरा–१८ स्थित विभूती पार्कमा उनको शालिकमा माल्यार्पण कार्यक्रमको आयोजना गरिएको महासचिव आचार्यले बताए । लगत्तै भोलिनै ११ बजे पोखरा उद्योग वाणिज्य संघको सभाहलमा ‘रविन्द्र स्मृती दिवस समारोह’ आयोजना गरिएको उनको बताए । यसपटक स्मृतिका अवसरमा दिवस ३ दिवसीय कार्यक्रमको आयोजना गरि मनाउन लागिएको रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले जनाएको छ । दिवसकै अवसरमा सोमबार पोखराको पृथ्वी नारायण क्याम्पसमा ‘विद्यार्थी राजनिती ,विकास र रविन्द्र अधिकारी’ बिषयमा परिसम्बाद कार्यक्रम सञ्चालन गरिने पनि महासचिव आचार्यले जानकारी दिए ।
यसअघि प्रतिष्ठानले शनिबार ‘रविन्द्र अधिकारी र मिडिया’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा २०७५ फागनु १५ गते अधिकारीसहित ७ जनाको निधन भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







