तनहुँमा प्रथम आईटीएफ टेक्वान्दो सेमिनार तथा तालिम सम्पन्न


     एभरेस्ट आवाज    
     फागुन १५ गते २०७८ मा प्रकाशित




तनहुँ । तनहुँमा शनिबार प्रथम जिल्ला आईटीएफ टेक्वान्दो टेक्निकल सेमिनार तथा विशेष तालिम सम्पन्न भएको छ ।
जिल्लाभित्रका खेलाडीहरुको आत्मबल वृद्धि तथा नयाँ सिप सिकाउने उद्देश्यले सञ्चालन गरिएको सेमिनारमा १२० जना खेलाडीको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

सेमिनारमा ब्ल्याक बेल्ट चौंथो डान, अन्तराष्ट्रिय रेफ्री तथा प्रशिक्षक आकाशचन्द्र घर्तीले प्रशिक्षण दिएका थिए । यसका अतिरित्त सेमिनार तथा विशेष तालिममा ब्ल्याक बेल्ट दोस्रो डान उत्तम थापा, गोपाल चन्द, सोमबहादुर गुरुङ, आशिष थापा र ब्ल्याक बेल्ट पहिलो डान दिपेश मगरले प्रशिक्षार्थीहरुका लागि सहजीकरण गरेका थिए ।

विशेष गरि जिल्लाका खेलाडीहरुले नयाँ कुरा तथा सीप सिक्न सकुन र उनीहरुका विचमा एक अर्काप्रति पहिचान, साथीत्व तथा सद्भाव बढोस् भन्ने उद्देश्यले सेमिनार आयोजना गरिएको अन्तराष्ट्रिय रेफ्री समेत रहेका प्रशिक्षक घर्ती मगरले जानकारी दिए । उनले भने, ‘खेलाडीहरुले आजको यो सेमिनार पछि नयाँ कुरा त सिक्छन् नै, त्यसको अलवा उनीहरुको आत्मबल पनि बढ्नेछ ।’ मगरले यसप्रकारको सेमिनारले समाजमा खेलप्रतिको चासो तथा महत्व बढ्नेमा आफू विश्वस्त रहेको बताए ।

भिमाद नगरपालिका – ६ स्थित रंगशालामा भएको सेमिनारमा भिमाद टेक्वान्दो एकेडेमी, रिसिङपाटन तेक्वान्दो डोजाङ र शुक्लागण्डकी तेक्वान्दो डोजाङका १२० जना सहभागी थिए ।

सेमीनारमा सहभागीहरुलाई आजनै एक कार्यक्रमका विच प्रमाणपत्र वितरण गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।