स्याङ्जाको पुतलीबजार नगरपालिकाले आज (आइतबार) सार्वजनिक बिदा दिएको छ।
नगरप्रमुख सीमाकुमारी क्षेत्रीले हिँजो (शनिबार) एक सूचना जारी गर्दै राष्ट्रिय मगर दिवसमा अवसरमा सार्वजनिक बिदा दिएको उल्लेख गरेकी छन्।
सूचना अनुसार आइतबार पुतलीबजार नगरपालिका भित्रका सबै सरकारी कार्यालय, शिक्षण संस्था र बैंक तथा वित्तीय संस्थामा बिदा हुने उल्लेख छ। स्याङ्जाकै गल्याङ नगरपालिकाले पनि आज (आइतबार) बिदा दिने घोषणा गरि सकेको छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







