पोखरा, फागुन १६
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा १२ माटेपानीको आयोजनामा भएको रक्तदान कार्यक्रममा ६४ युनिट रगत संकलन भएको छ । ‘रक्तदान जीवन दान ! जीवन दान महादान’ भन्ने नाराका साथ भएको रक्तदानको कास्कीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले पहिलो रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए ।
वार्षिक रुपमा रक्तदान कार्यक्रम गर्दै संस्थाको यो १७ औं रक्तदान कार्यक्रम भएको संस्थाका सचिव नेत्रबहादुर तिमिल्सिनाले जानकारी दिए ।
रक्तदान कार्यक्रममा बोल्दै डिएसपी तिवारीले रगत कसैले बनाउन नसक्ने हुँदा रगतको अभाव स्वयम्सेवी रक्तदाताबाटै पूर्ति हुने बताए । ‘रगतले मान्छेको जीवन बचाउँछ । तर त्यो कुनै विद्वानले बनाएको रगतबाट नभई मान्छेले दान गरेको रगतबाट मात्रै त्यो सम्भव छ, त्यसैले सबैले रक्तदान गर्ने बानी बसालौं’–उनले भने ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा १२ माटेपानीकी अध्यक्ष मिरादेवी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १३ का लेखबहादुर तामाङ ( दर्शन लामा ), वडा नं १४ का प्रेमबहादुर कार्की, सशस्त्र प्रहरी निरिक्षक यमबहादुर बस्नेत सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बोधबहादुर कार्की, केन्द्रका संस्थापक अध्यक्ष माया तझ्या, निवर्तमान अध्यक्ष बलबहादुर कार्की, माछापुच्छ्रे टोल बिकास समितिका अध्यक्ष भगवती शर्मा बास्तोलालागयतलेपनि बोलेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष इन्दिरा पन्त आचार्य र कार्यक्रमको संयोजन संस्थाको कोषाध्यक्ष किरण सिग्देलले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समुदायको बिकास सहभागिता उदेश्य राखी स्थापना भएको सराङकाेट बहुउद्देश्यीय सहकारी संस्था को…







