स्याङ्जाको भीरकोट साप्ताहिक हाटबजार पुनः संचालनमा आयो


     एभरेस्ट आवाज    
     फागुन १७ गते २०७८ मा प्रकाशित




भीरकोटमा साप्ताहिक हाटबजार पुनः संचालनमा आएको छ।

हाटबजार पुनः संचालनमा आएपछि भीरकोटका कृषकहरू निकै उत्साहित देखिन्छन्।

कोरोना माहामारीका कारण अवरुद्ध हुन पुगेको हाटबजार पुनः संचालनमा आएको हो।

भीरकोट नगरप्रमुख छायाराम खनालले आफैले उत्पादन गरेको २२ किलो मुला बिक्री गरेर हाट बजारको शुभारम्भ गरे।

सो अवसरमा भीरकोटका स्थानीय कृषकहरूले उत्पादन गरेका सीमित कृषिजन्य उत्पादनहरू बिक्रीमा राखिएको छ। हरेक शनिवार बिहान ७–१० बजेसम्म हाटबजारमा कृषि उपज अन्तर्गत खरिद–विक्रीको मेला लाग्ने गर्दछ।

भीरकोट नगरपालिकाले पालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकहरूको माग र आवश्यकता अनुसार विविध कार्यक्रमहरू संचालन गर्दै आएको जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।