बागलुङ । व्यावसायिक कृषि उत्पादनका लागि वर्षौँदेखि बाँझो पल्टिएको जग्गालाई चक्लाबन्दी गर्न थालिएको छ । गलकोट नगरपालिका–४ निलुवामा छरिएर रहेको खेतीयोग्य जग्गा एकीकरण गर्न चक्लाबन्दी कार्यक्रम सुरुआत गरिएको हो ।
त्यहाँका ७३ किसानको एक सय ५० रोपनी जग्गालाई चक्लाबन्दी गर्न लागिएको सयपत्री बहुउद्देश्यीय सहकारी संस्था लिले जनाएको छ । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको रु ३६ लाख ४९ हजार अनुदान सहयोगमा सहकारीले चक्लाबन्दीको योजना ल्याएको सहकारीका अध्यक्ष चिन्तामणि शर्माको भनाइ छ ।
सहकारीले प्रतिरोपनी वार्षिक दुई हजार रुपैया तिर्ने गरी आउँदो २०८० साल सम्मलाई जग्गा भाडामा ल्याएको हो । व्यावसायिक कृषि खेती गर्ने उद्देश्यले बाँझो जग्गालाई चक्लाबन्दी गरी प्रयोगमा ल्याउन लागिएको सहकारीका सचिव हेमराज गैरेले बताए । सहकारीले त्यस जग्गामा तरकारी, बीउबिजन र अन्नबाली उत्पादन गर्ने उहाँको भनाइ छ ।
चक्लाबन्दी सँगसँगै आलु खेती लगाइहाल्ने तयारीमा सहकारी छ । तरकारीजन्य उत्पादनतर्फ आलु, मुला, सिमी, सागलगायतको खेती गरिने भएको छ । अन्नमा मकै बाली लगाइनेछ । माटो परीक्षणपछि कृषि क्षेत्रका प्राविधिकले दिएको सुझावका आधारमा याम अनुसारको खेतीपाती गरिने सहकारीले जनाएको छ ।
माटो परीक्षणमा सुक्ष्म जैविक तत्वको कमी पाइएकाले यही वर्ष एक सय ट्याक्टर गोठे मल हालिने भएको छ । माटोमा अम्लीयपन भने नपाइएको सचिव गैरेले बताए । दुई वटा उपकरण लगाएर जग्गा चक्लाबन्दी गर्ने काम भइरहेको उनको भनाइ छ ।
वैदेशिक रोजगार, बजारमा निर्भरता, श्रमको अभाव जस्ता कारणले कृषिमा आकर्षण घटेका बेला चक्लाबन्दी कार्यक्रमले गाउँका किसानलाई लाभ पु¥याउने गलकोट नगरपालिकाका कृृषि शाखा प्रमुख हरिदत्त सुवेदीले जानकारी दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







