सरिता क्षेत्री ‘नाम परिवर्तन’ । उनी ३६ वर्षीया दुई बच्चाकी आमा र गृहिणी हुन् । उनको श्रीमान् शिक्षक हुन् । २१ वर्षमा विवाह गरी २८ वर्षमै २ सन्तानका आमा बनेकी उनलाई विवाहको एक वर्षमै आमा बन्न मन थिएन । भन्छिन् : मागी विवाह भएको थियो यौनको बारेमा श्रीमान्सँग सहज बहस गर्न सकिनँ । उहाँको उमेर २८ थियो उहाँलाई बच्चा नजन्माउनु पर्ने कुनै कारण थिएन । म भने भर्खर व्याचलर सकेर बसेकी, आत्मनिर्भर पनि नभएकीले बच्चा नजन्माउने मनस्थितिमा थिएँ । तर त्यसो हुन सकेन । गर्भवती हुनुभन्दा अगाडि अस्थायी साधनका बारेमा कुरा गर्न नसके पनि गर्भवती भएपछि भने बच्चा जन्माउन तयार नभएको कुरा बताएँ, तर परिवार र श्रीमान् कोही मान्नु भएन । यसरी केही असावधानीका कारण कहिलेकाहीँ पछुताउनु परेको उनलाई महसुस हुन्छ ।
अहिले उनी श्रीमानसँग अस्थायी साधनका बारेमा कुराकानी गर्न त सक्छिन् तर अस्थायी साधनको प्रयोग गराउनेमा कन्भिन्स गराउन सकेकी छैनन् । उनलाई श्रीमानसँगको हरेक संसर्गपश्चात् एउटा डर सधैँ बसिरहन्छ कतै गर्भ रहने त हैन भनेर । त्यो मानसिक तनाव त्यतिन्जेल रहन्छ जतिन्जेल महिनावारी हुँदैन । किनकी उनका श्रीमान् अस्थायी साधन कण्डम प्रयोग गर्न मान्दैनन् । बिना सुरक्षा भएका यौन सम्पर्कका कारण छोरा जन्माएपछि पनि उनले २ पटक गर्भपतन गरिसकेकी छिन् । भन्छिन्ः मेरो तर्फबाट प्रयास नगरेको पनि होइन । पिल्स तथा ३ महिने सुई लगाउँदा महिनावारीमा गडबढी, चक्कर लाग्ने, टाउको दुख्ने, माटोपनामा वृद्धिजस्ता समस्या देखिएपछि छुटाएँ । कति पटक त इमेर्जेन्सी हुँदा निकोन कति खाएँ कति । मलाई स्वास्थ्यले साथ दिएन कति दिन, महिना अनि वर्ष रिस्की लिने रु सन्तानको रहर पुगिसकेकाले अब बन्ध्याकरण गर्नुस् भन्दा कहाँ मैले गर्नु रु भन्ने उल्टो प्रश्न आउँछ भने अस्थायी साधनका बारेमा कुरा गर्दा मजा आउँदैन भन्ने उत्तर आउने रीना बताउँछिन् ।
पोहोर सालमात्र उनको पाठेघरको समस्याका कारण शल्यक्रिया गर्नु परेको थियो । उनलाई लाग्छ, २ बच्चा जन्माउनु, गर्भपतन, औषधीको साइडइफेक्टका कारण पाठेघरमा समस्या आएको छ । महिलाका लागि विभिन्न थरि अस्थायी साधनहरु भए पनि पुरुषका लागि कम भएको, त्यसमा पनि पुरुषहरु कुनै पनि अस्थायी साधन प्रयोग वा बन्ध्याकरण गर्न नमानेकोमा दुःख मनाउ गछिनर्् ।
त्यस्तै अर्की पात्र हुन् , सालु पौैडेल ९नाम परिवर्तन० उनी पेसाले शिक्षक । उनी ४१ वर्षकी भइन् । उनको दुई छोरा छन् । सन्तानको रहर पुगेपछि श्रीमानले बन्ध्याकरण गरोस् भन्ने चाहन्थिन् तर विभिन्न बहाना बनाउँदै श्रीमान्ले बन्ध्याकरण गर्न मानेनन् । आफ्नो श्रीमान् बन्ध्याकरण मात्र होइन शारीरिक सम्पर्कमा पनि कुनै सुरक्षा अपनाउन नमान्ने गरेको उनले गुनासो गरिन् । उनले धेरै पहिले ३ महिने सुई लगाएकी रहिछन् तर उनको महिनावारीमा गडबडीका कारण त्यो छोडिन् । उनीहरु प्राकृतिक तवरले गर्भ नरहने उपाय गर्ने र महिनावारीका आधारमा सुरक्षित दिनहरुमा शारीरिक सम्पर्क गरेता पनि त्यो पूर्णतया सुरक्षित नहुने अनुभव सुनाउँछन् । पोहोर सालमात्र उनको गर्भ बस्यो । दुई सन्तान हुर्किसकेका , आफ्नो उमेर र अनिच्छित गर्भका कारण गर्भपतन गरिन् । उनी भन्छिन् ः गर्भपतन गर्दा राम्ररी गर्भ नगएका कारण महिना दिनसम्म मानसिक र शारीरिक रुपमा पीडा भोग्नु पर्यो । यसले पछि पार्ने असर त कति छन् कति ।
श्रीमान्ले अस्थायी साधन प्रयोग गर्न नमान्नुको कारण सालुको पनि सरिताको जस्तै अनुभूति छ । यी त प्रतिनिधि पात्र मात्र हुन् समाजका । हिजोआज अशिक्षित परिवारमा मात्र होइन शिक्षित परिवारका महिला सदस्यमा झन् यो समस्या विकराल छ ।
हाम्रो समाजमा यौनलाई प्राकृतिक आवश्यकताका रुपमा भन्दा पनि रमाइलो र सन्तान प्राप्तिको माध्यमका रुपमा मात्र बुझिने गरिएको पाइन्छ । आफ्नो पार्टनरको खुसी वा चाहाना के हो भन्ने कुराको मतलव छैन तर आफूलाई आनन्द कसरी प्राप्त हुन्छ भन्नेमा मात्र श्रीमान् केन्द्रित भएको कुरा सरिता र सालुको भोगाईले प्रष्ट्याउँछ । जसमा महिलाको इच्छा र चाहनालाई गौण राखी पुरुषको आनन्द र खुसीको साधन मात्र बनेको देखिन्छ ।
सदियौँदेखि महिलालाई घर धान्ने र पुरुषलाई बाहिरको शारीरिक परिश्रमका काम गर्नु पर्ने भएकाले स्थायी बन्ध्याकरण गर्दा पुरुषहरुमा शक्ति हराउँछ, कमजोर हुन्छ भन्ने मानसिकताका कारण पुरुषहरु बन्ध्याकरण गर्न नमान्ने गरेको पाइन्छ भने अर्को कारण यदि श्रीमतीलाई तलमाथि केही भइहाल्यो भने अर्को बिर्हे गर्नुपर्ने स्थितिमा सन्तान उत्पादनमा असर नपरोस् भन्ने सुषुप्त चाहाना नेपाली समाज भित्र रहेको पाइन्छ ।
यौन सम्पर्क एक प्राकृतिक कुरा हो र यसमा पुरुष र महिला अर्थात् श्रीमान् र श्रीमतीमा समान अधिकार हुनुपर्छ । तर सम्पर्कपछि व्यहोर्नु पर्ने शारीरिक, मानसिक तनाव र आत्मसन्तुष्टि भने महिला र पुरुषमा फरक पाइन्छ । अशिक्षित वर्गमा त झन् परको कुरा, शिक्षित वर्गमा पनि महिलाको यौन स्वास्थ्यलाई महत्त्व नदिएकाले महिलाहरु पीडित मात्र होइन यौन सम्बन्ध कै कारण मृत्युको मुखमा पनि पुग्नु परेको छ ।
भनिन्छ, महिला र पुरुष एकै रथका दुई पाङ्ग्रा हुन् तर पुरुषरुपी पाङ्ग्रा कै कारण महिला रुपी पाङ्ग्रा राम्ररी चल्न सकेन भने अवश्य पनि जीवन धुमिल हुन्छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेशनल प्याब्सन कास्कीले जिल्लास्तरीय नेपाली भाषा ज्ञान प्रतियोगिता सम्पन्न गरेको छ ।…






