किभमा आक्रमण गर्ने रुसको चेतावनी, खार्किभमा १० सर्वसाधारण मारिए


     एभरेस्ट आवाज    
     फागुन १८ गते २०७८ मा प्रकाशित




रुसी रक्षा मन्त्रालयले युक्रेनको राजधानी किभका वासिन्दालाई त्यहाँका विभिन स्थानमा लक्षित आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको छ।

मन्त्रालयले किभ प्रविधि केन्द्रहरूमा आक्रमण गर्न लागेको भन्दै वरपरका वासिन्दालाई सुरक्षित गन्तव्यमा जान सल्लाह दिएको छ।

रुसी सशस्त्र फौज सवार सवारी साधनको लस्कर निरन्तर किभतर्फ बढिरहेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडियोमार्फत युरोपेली संसदमा भाग लिँदै आफूहरूलाई कसैले टुक्रयाउन नसक्ने बताएका छन्। साथै, उनले ईयूका विधायकहरूलाई युक्रेनलाई पनि ईयूमा समावेश गर्न आग्रह गरेका छन्।

यसैगरी, युक्रेनको दोस्रो ठूलो सहर खार्किभको मध्यभागमा रहेको फ्रिडम स्कवायरमा गरिएको आक्रमणको कारण भयानक विस्फोट भएको छ। यस घटनामा कम्तीमा १० जना सर्वधारणको ज्यान गएको बताइएको छ।

यता बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले रुसलाई असभ्य र जथाभाबी तरिकाले आक्रमण गरिरहेको आरोप लगाएका छन्।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।