रुसले युक्रेनमा आक्रमण गरेपछि वार्न ब्रोस, डिस्नी र सोनीले रुसी सिनेमाघरहरूमा चलचित्र रिलिज गर्न बन्द गरेका छन्।
यस घोषणाको कारण अब पूर्व निर्धारित मितिमा प्रमुख चलचित्रहरू जस्तै ‘दि ब्याटम्यान’, ‘टर्निङ रेड’ र मोवियस’ रुसमा प्रदर्शन नहुने भएका छन्।
विश्वभरिका सरकारहरूले मस्कोविरुद्ध विभिन्न प्रतिबन्ध लगाइरहेका बेला चलचित्र सम्बन्धमा पनि रुसमाथि यो कारबाही गरिएको हो।
पछिल्ला दिनहरूमा विश्वका कार निर्माता र उर्जा उद्योग लगायत थुप्रै करर्पोरेसनले रुससँगको व्यापार सम्बन्ध विच्छेद गरेका छन्। वार्नर ब्रोसको ‘दि ब्याटम्यान’ रुसमा शुक्रबार रिलिज हुने कार्यक्रम थियो। वार्नर ब्रोसका प्रवक्ताले भनेका छन्, ‘युक्रेनमा भइरहेको मानवीय समस्यालाई लिएर वार्नर मिडियाले रुसमा ब्याटम्यानको रिलिज रोकेको हो।’
यसैगरी, डिस्नीले पिक्सर एनिमेटिड चलचित्र ‘टर्निङ रेड’को रुसी रिलिज रोकेको हो। डिस्नी र सोनीले पनि चलचित्र रोकिनुको कारणसहित वार्नर मिडियाले जस्तै विज्ञप्ति निकालेका छन्।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







