पोखरा, फागुन १८
नागरिक समाज पोखराले सञ्चालन गर्दै आएको ‘ ललित गौचन स्मृति समाजसेवा सम्मान’ यस वर्ष बाबा फाउण्डेसनका सञ्चालक दीलिपराज श्रेष्ठलाई अर्पण गरिने भएको छ । समाजको हालै बसेको बैठकले श्रेष्ठलाई सम्मान अर्पण गर्ने निर्णय गरेको हो । श्रेष्ठ बाबा फउण्डेसनका संस्थापक हुन् भने बाबा हार्डवेयरका सञ्चालक हुन् । उनले बाबा फाउण्डेसनमार्फत वातावरण संरक्षण, कमजोर अवस्थाका बालबालिकाको शिक्षा दीक्षा, ट्राफिक ब्यबस्थापनलगायतका क्षेत्रमा योगदान दिदै आएका छन् ।
समाजसेवी ललित गौचनको स्मृतिमा उनको परिवारद्वारा स्थापित उक्त सम्मान नागरिक समाज पोखराले सञ्चालन गर्दै आएको छ । सम्मानितलाई दोसल्ला र कलात्मक फ्रेमसहितको सम्मान पत्रले सम्मान गरिने नागरिक समाज पोखराका पूर्व अध्यक्ष रामबहादुर पौडेलले जानकारी दिए ।
सम्मान कार्यक्रम फागुन २३ गते हुने भएको छ । स्वर्गिय ललित गुरुङको स्मृति दिवसको अवसर पारेर सम्मान गर्न लागिएको पूर्व अध्यक्ष पौडेलले बताए ।
यसअघी यस सम्मानबाट प्रभा पन्त, गिरीराज अधिकारी, झपिन्द्रराज रेग्मी, ईन्द्र गुरुङ, शिवमाया श्रेष्ठ र विष्णुप्रसाद गुरुङ सम्मानित भइसकेको पूर्व अध्यक्ष पौडेलले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







