माछा मार्ने क्रममा एकको मृत्यु


     एभरेस्ट आवाज    
     फागुन १८ गते २०७८ मा प्रकाशित




गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौर निवासी २६ वर्षीया सरिता थापाको मृत्यु भएको हो । उनको सोही स्थानकै हुग्दी खोलामा करेन्ट लगाएर माछा मार्न गएका थिए ।

करेन्ट लगाउँदा बेहोस् भएकी उनलाई स्थानीयवासीले अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधव खरेलले जानकारी दिए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।