पोखरा । बुधबार गण्डकी प्रदेशमा १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
प्रदेशका २६२ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेमा कास्कीका १३ जना, तनहुँ र म्याग्दीका २–२ जना र बाग्लुङका एक जना छन् । यो सहित प्रदेशमा हालसम्म एक लाख एक हजार ८९७ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्य एक लाख २०७ जना संक्रमणमुक्त भएका छन् । प्रदेशमा हालसम्म एक हजार ४६४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
अब प्रदेशमा २२६ जना सक्रिय संक्रमित छन् । ती मध्य २१५ जना होम आइसोलेसनमा रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
सक्रिय संक्रमित मध्य कास्कीमा २१६, लमजुङमा ११, तनहुँमा १४, नवलपुरमा ११, स्याङ्जामा १५, म्याग्दीमा २२, पर्वतमा ४, बाग्लुङमा १९ र मुस्ताङमा ४ जना छन् । यस्तै मनाङ र गोरखामा भने संक्रमितको संख्या शून्य रहेको निर्देशनालयका प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समुदायको बिकास सहभागिता उदेश्य राखी स्थापना भएको सराङकाेट बहुउद्देश्यीय सहकारी संस्था को…







