युक्रेनको सरकारी निकायले एकसाता अघि रुसले आक्रमण सुरु गरेयता अहिलेसम्म आफ्ना २ हजार भन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको बताएको छ।
युक्रेनको आपतकालीन सेवाले १० जना उद्धारकर्मीले पनि ज्यान गुमाएको जनाएको छ।
उद्धारकर्मीहरूले रुसी गोला बारुद प्रहारका कारण लागेको ४ सय वटा भन्दा बढी आगलागी निभाएका छन्। उनीहरूले ४ सय १६ वटा विस्फोटक पदार्थलाई निष्क्रिय पारेका छन्।
रुसी फौजले सयौँ यातायात क्षेत्र, आवासीय भवन, अस्पताल र किन्डरगार्टेनहरू ध्वस्त पारेको आपतकालीन सेवाले पुष्टि गरेको छ।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







