युक्रेनी डिफेन्डर यारोस्लाव राकित्स्कीले रसियन क्लब जेनिट सेन्ट पिटर्सवर्ग छाडेका छन्।
रसियन प्रिमियर लिग क्लबले डिफेन्डर यारोस्लावले क्लब छाडेको जनाएको छ।
पिटर्सवर्गले आपसी समझदारीमा यारोस्लावले क्लब छाडेको जनाएको छ। रुसले युक्रेनमाथि आक्रमण गरेपछि उनले क्लब छाडेका हुन्।
३२ वर्षीय डिफेन्डर २०१९ को जनवरीमा रसियन क्लब आएका थिए। त्यसअघि, उनी युक्रेनी क्लब शाख्तर डोनेट्स्कमा रहेका थिए। यारोस्लावले पिटर्सवर्गका लागि १ सय ८ खेलमा ७ गोल गरेका छन्। २०१९ मा अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका उनले युक्रेनका लागि ५४ खेल खेलेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







