फोनिज गण्डकीमा रुद्र श्रीष मगरको नेतृत्व


     एभरेस्ट आवाज    
     फागुन १९ गते २०७८ मा प्रकाशित




पत्रकार रुद्र श्रीष मगरले आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको नेतृत्व सम्हालेका छन्।

फोनिज गण्डकीको हालै सम्पन्न अधिवेशनले श्रीष मगरलाई अध्यक्षमा चुनेको हो।

खुल्ला उपाध्यक्षमा खिमा गुरुङ र महिला उपाध्यक्षमा सूर्यकुमारी महतो निर्वाचित भएका छन्।

महासचिवमा धनबहादुर गुरुङ (सुमन) निर्वाचित भएका छन्। त्यस्तै, संस्थागत सचिवमा सुसन गाहामगर (सुशान्त), संगठन सचिवमा विजय राना र कोषाध्यक्षमा रामकुमारी गुरुङ (रत्न) छन्।

त्यसैगरि, खुल्ला सदस्यहरुमा गणेश गुरुङ (सुरेन), कृष्णबहादुर आले, चेतबहादुर थापा, मनलाल गुरुङ, शारदा श्रेष्ठ, टोपबहादुर रानामगर छन्। संस्थागत सदस्यमा गीता रानामगर र महिला सदस्यमा सुमन थापामगर छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।