प्रेस चौतारी गण्डकीको प्रथम अधिवेशन आज (बिहीबार) पोखरामा हुँदैछ।
पोखराको सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसमा हुने अधिवेशनमा गण्डकी प्रदेशभरका ११ जिल्लाबाट प्रतिनिधि र पर्यवेक्षक गरी २ सय ५० जना सहभागी हुनेछन्।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री, नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ।
अधिवेशनले प्रेस चौतारी गण्डकीको नयाँ नेतृत्व समेत चयन गर्नेछ। सोही अवसरमा १७ जना अग्रजलाई सम्मान गरिने जनाइएको छ।
वर्तमान केन्द्रिय उपाध्यक्ष गणेश पाण्डे, गण्डकी प्रदेश इन्चार्ज रामकृष्ण शर्मा, सह–इन्चार्ज श्यामनाथ कुँवर, केन्द्रीय पूर्व वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, पूर्व उपाध्यक्ष शान्ती गुरुङ, पुर्व सचिव दुर्गा भण्डारी सम्मान गर्ने कार्यक्रम छ।
त्यस्तै, कास्कीका संस्थापक अध्यक्ष पुण्य पौडेल, तनहुँका संस्थापक अध्यक्ष तारानाथ शर्मा, बागलुङका संस्थापक अध्यक्ष गोविन्द नेपाली, म्याग्दीका संस्थापक अध्यक्ष तारानाथ उपाध्याय, लमजुङका संस्थापक अध्यक्ष सुवास पौडेल, स्याङ्जाका संस्थापक अध्यक्ष राजेन्द्र डुम्रे, नवलपुरका संस्थापक अध्यक्ष होमनाथ जैसी, पर्वतका संस्थापक अध्यक्ष भोलानाथ शर्मा, गोरखाका संस्थापक कोषाध्यक्ष भिमलाल श्रेष्ठ, मुस्ताङका संस्थापक तिलक विक र मनाङका संस्थापक अध्यक्ष राजनबहादुर गुरुङलाई सम्मान गर्ने कार्यक्रम छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







