अनन्ताको अधिवेशन नजिकिदैँ, विभिन्न व्यक्तित्वलाई सम्मान गरिदैँ


     एभरेस्ट आवाज    
     फागुन २० गते २०७८ मा प्रकाशित




पोखरा–२, विन्ध्यवासिनीस्थित अनन्ता सामुदायिक सेवा समितिको १२ औं अधिवेशन तथा २४ औं साधारणसभा नजिकिदैँ छ।

११२ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवस (नारी दिवस) को अवसर पारेर फागुन २४ गते मंगलबार हुने अधिवेशन शनिबार बिहान ७ बजे विन्ध्यवासिनी मन्दिरको पार्कमा हुने अध्यक्ष रंगिता सुवेदीले जनाएकी छन्।

सुवेदीका अनुसार कार्यक्रममा वार्षिक आय–व्यय र प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिने बताइन्।

अधिवेशनको पूर्व सन्ध्यामा संस्थाले भोली (शनिबार) वडाका ज्येष्ठ नागरिक, संस्थाका ज्येष्ठ सदस्य, एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिनुको साथै गुणराज स्मृति छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम रहेको सुवेदीले बताइन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।