कास्की । पोखरा स्थित स्पार्क वि एण्ड डि हस्पिटलले दुईदिने निशुल्क स्वास्थ्य शिविरको ओायोजना गरेको छ । हिडेरै घरमा जाँदा खुशीको मुहार, प्यारालाइसिसका विरामीहरुको उत्कृष्ट उपचार, हाम्रो प्रण प्यारालाईसिसका विरामीहरुलाई हिडाएरै घरमा पठाउने भन्ने मुल उद्देश्यका साथ हस्पिटलले फागुन २० र २१ गते उक्त शिविरको आयोजना गरेको हो ।
शिविरमा काठमाडौका विशेषज्ञ डाक्टरहरुबाट बाथरोग युरिक एसिड हडिड खिइएका ,प्यारालाइसिसका शरिरको एकहर नचल्ने ,ढाडमा नशा च्यापिएका ,पायल्स रोग भएका विरामीहरुको निशुल्क परिक्षण तथा उपचार गरिने भएको छ । साथै विभिन्न परिक्षण निशुल्क तथा छुटको व्यवस्था मिलाएको हस्पिटलले जनाएको छ ।
प्रेसर ले हानेर प्यारालाइसिस भएका विरामी हरुलाइ मध्यनजर राख्दै स्पार्क वि एण्ड डि हस्पिटल सभागृह चोकको पबित्र मार्ग मा नयाँ व्यवस्थापन तथा आधुनिक उपचार सामग्री सहित संचालनमा आएको छ । विगत १८ बर्ष देखि संचालनमा रहेको हस्पिटल मा हजारौ प्यारालाइसिसका विरामीहरुको उपचार पाइसकेका छन । प्यारालाइसिसका विरामीहरुको उत्कृष्ट उपचार गर्ने उद्धेश्यका साथ संचालन गरिएको हस्पिटलमा उपचारका नयाँ नयाँ विकास भएका प्रविधिहरु मार्फत उपचार भइरहेको छ ।
अब प्यारालाइसिस,बाथ तथा ढाडमा नशा च्यापिएका विरामीहरु अन्यत्र जानु नपर्ने गरि हस्पिटलको व्ययव्स्थापन गरिने संचालक तथा व्यवस्थापक डा विण्णु चापागाईले जानकारी दिए । प्यारालाईसिसका विरामीहरुलाई हस्पिटलको गाढिमा घरबाट ल्याउने र घरसम्म पुयाउने सुविधा पनि भएको व्यबस्थापन ले जनाएको छ । साथै अनुभवि बिशेषज्ञ फिजियोथेरापिष्ट ,अनुभवि तालिम प्राप्त थेरापि सहायक हरु तथा वरिष्ठ चिकित्सकहरुबाट सेवा उपलब्ध गराइने हस्पिटलले जनाएको छ ।
विरामीको उपचार खर्चमा समेत ध्यान दिदै सुलभ सस्तो दरमा हस्पिटलको सेवा उपलब्ध गराइने छ । गरिब असाहय विरामीहरुलाई निशुल्क उपचार तथा बेडको व्यबस्था गरिएको छ । विभिन्न किसिमका चोटपटक पछि आबश्यक पर्ने तथा खेलाडिहरुलाई आबश्यक पर्ने फिजियोथेरापीको समेत व्ययवस्था गरिएको हस्पिटलले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







