जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा पोखराबाट १ महिलासहित ३ पक्राउ


     एभरेस्ट आवाज    
     फागुन २० गते २०७८ मा प्रकाशित




पोखरा, फागुन २०

जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा पोखराबाट तीनजना पक्राउ परेका छन् । कोठा भाडामा लिई तथा फोन सम्पर्कका आधारमा महिलाहरुलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा कास्की प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.७ मुस्ताङचोक स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं.–१७ रातोपहिरा बस्ने वर्ष ३० को नारायण पोखरेल, सिन्धुपाल्चोक जिल्लाको चौतारा वडा नं ६ ठूलीधारा स्थायी ठेगाना घर भई हाल पोखरा–६ जरेबर बस्ने वर्ष २२ की पुजा थापा मगर र बाँके जिल्ला चिसापानी वडा नं ९ स्थायी घर भई हाल पोखरा–६ जरेबर बस्ने वर्ष २२ को विशाल योगी रहेका छन् ।

उनीहरुले पोखरा–६ लेकसाइडमा कोठा भाडामा लिएर यौन व्यवसाय सञ्चालन गर्नुका साथै फोन सम्पर्कको आधारमा विभिन्न होटलहरुमासमेत महिलाहरुलाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । उनीहरुलाई फागुन १५ गते पक्राउ गरी मानव बेच–बिखन तथा ओसार पसार मुद्दामा कास्की जिल्ला अदालतबाट ८ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।