कोरोना अपडेट : गण्डकी प्रदेशमा ४३ कोरोनामुक्त हुँदा १३ संक्रमित


     एभरेस्ट आवाज    
     फागुन २० गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा शुक्रबार ४३ जना कोरोना संक्रमणमुक्त हुँदा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कास्कीका ७ जना, म्याग्दी र स्याङ्जाका २ – २ जना, पर्वत र लमजुङका एक– एक जना संक्रमित भएका हुन् । विभिन्न प्रयोगशालामा ३५५ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यो सहित गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनको संख्या एक लाख एक हजार ९१० पुगेको छ । ती मध्य एक लाख २५० जना कोरोना संक्रमणमुक्त भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

सोही अवधीमा थप एक जनाको संक्रमितको मृत्यु भएको छ । संक्रमणका कारण पोखरा–१३ का ५६ वर्षिय पुरुषको फागुन १४ गते दिउँसो ११ : ५५ बजे मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । मृतक पुरुषमा गत माघ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सहित हालसम्म मृत्यु हुने संक्रमितको संख्या एक हजार ४६५ पुगेको छ ।

प्रदेशमा अब १९५ जना सक्रिय संक्रमित छन् । ती मध्य १९० जना होम आइसोलेसनमा छन् ।

संक्रमित मध्य कास्कीमा १११, लमजुङमा ४, तनहुँमा १३, नवलपुरमा १०, स्याङ्जामा १३, पर्वतमा ५, म्याग्दीमा २१ र मुस्ताङमा ३ जना छन् । यस्तै गोरखा र मनाङमा सक्रिय संक्रमितको संख्या शून्य रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।