तनहुँ उद्योग वाणिज्य संघले व्यास नगरपालिका–४ स्थित मुख्य चोकमा आइतबार बिहान भएको आगलागीबाट पीडित भएकालाई उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरेको छ।
भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्समा भीषण आगलागी भई ठूलो क्षति हुनुका साथै आसपास रहेका व्यवसायी तथा वरपरका स्थानीयवासीको घरमा क्षति भएकाले पीडितलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरिएको हो।
संघको आइतबार दिउँसो बसेको आकस्मिक बैठकले तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाई सभापति एवं भूपाल हार्डवेयरका संचालक भूपाल आले र तनहुँ उद्योग वाणिज्य संघका सदस्य एवं ज्योति जनरल सप्लायर्सका संचालक रमेशकुमार श्रेष्ठलगायत पीडित सम्पूर्ण व्यवसायीप्रति सहानुभूति प्रकट गरेको छ।
भीषण आगलागीलाई नियन्त्रणमा लिन सहयोग गर्ने सबैमा हार्दिक कृतज्ञता प्रकट गर्दै विषम क्षतिको मूल्यांकन गरी शीघ्र क्षतिपूर्तिका लागि सरकार लगायत सम्बन्धित निकायसँग अनुरोध गरिएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
यसैगरी व्यास नगरपालिकाले पनि घटनाप्रति दुःख व्यक्त गर्दै आगलागी नियन्त्रणमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ।
आगलागीको मौसमलाई ख्याल गरी प्रज्वलनशील पदार्थलाई आवास क्षेत्रबाट अलग राख्न सम्बन्धित सबैमा अनुरोध गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसकी नव निर्वाचित केन्द्रीय सदस्य लक्ष्मी पाण्डेले पार्टीको आन्तरिक एकतामा जोड…







