पोखरा, फागुन २३
नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा कास्कीका दीपक कोइराला र सुमन देवकोटा मनोनित भएका छन् । नेकपा माओवादी केन्द्रको आज बसेको बैठकमा अध्यक्ष प्रचण्डले कोइराला र देवकोटालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । प्रचण्डले केन्द्रीय सदस्यका लागि प्रस्ताव गरेको लिस्टमा उनीहरुको नाम छ । प्रचण्डले प्रस्ताव गरेको ९७ जनाको लिस्टमा देवकोटाको नाम ५४ औं नम्बरमा छ भने कोइरालाको ६५ औं नम्बरमा छ ।
त्यस्तै प्रचण्डले कास्कीका नेता रामजीप्रसाद बराललाई केन्द्रीय सदस्यमा ल्याउनै पर्नेमा राखेका छन् । सोमबार बसेको बैठकमा प्रचण्डले केन्द्रीय सदस्यमा ४७ जनालाई ल्याउनैपर्ने भन्दै ल्याएको लिस्टमा बरालको नाम रहेको छ । उनको नाम ४७ जनाको लिस्टमा १२ औं नम्बरमा छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







