परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनबाट ५ सय ३३ नेपाली छिमेकी मुलुकमा पुगिसकेको जानकारी दिएका छन्।
मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री खड्काले युक्रेनबाट ५ सय ३३ नेपाली सुरक्षित रुपमा बाहिरिएको बताएका हुन्।
उनका अनुसार उद्धार गरिएकाहरुमध्ये ४ सय २७ जना पोल्याण्ड र बाँकी अन्य देशमा सुरक्षित छन्। प्रेस ब्रिफिङमा भारत सरकारको उद्धार टोलीलाई नेपाली नागरिकलाई पनि उद्धार गर्न आग्रह गरेको जानकारी दिदैँ उनले सोही अनुसार सहयोग भएकोमा भारत सरकारलाई धन्यवाद समेत दिए।
त्यस्तै, उनले राष्ट्रसंघको ११ औँ आपतकालीन बैठकमा नेपाल युक्रेनको पक्षमा मतदान गरेको पनि जानकारी दिए। मन्त्री खड्काका अनुसार असंलग्न परराष्ट्र नीति अनुसार नै युक्रेनको पक्षमा नेपाल उभिएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







