पोखरास्थित पहिलो केवलकार अन्नपूर्ण केवलकार आज (बुधबार)देखि बन्द हुने भएको।
पोखराको सेदीबगरदेखि सराङकोट जाने अन्नपूर्ण केवलकार फागुन २५ गतेदेखि ३० गतेसम्म बन्द हुने कम्पनीले जनाएको हो।
नियमित मर्मत सम्भार गर्नका लागि केवलकार बन्द गर्न लागिएको हो। केवलकार चैत्र १ गतेदेखि नियमित संचालनमा आउने सो कम्पनीले जनाएको छ। केवलकार फागुन ६ गतेदेखि नियमित संचालनमा आएको थियो। केवलकारमार्फत पोखराको फेवाताल किनारबाट सराङकोट (२ किमि दूरी) पुग्न ९ मिनेटमात्रै लाग्नेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







