वरिष्ठ पर्यटन व्यवसायी एवं यती समूहका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको स्मृतिमा ‘आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिता’ आयोजना हुने भएको छ ।
यती एअरलाइन्स तथा तारा एअरलाइन्सको आयोजनामा स्वर्गीय शेर्पाको तेस्रो वार्षिक स्मृति दिवसको अवसरमा दोस्रोपटक आगामी मार्च ११ र १२ ९फागुन २७ र २८० गते गोकर्ण फरेष्ट रिसोर्टमा गल्फ प्रतियोगिता हुन लागेको हो ।
शेर्पाको तेस्रोे स्मृतिमा हुन लागेको उक्त प्रतियोगितामा देशभरका १८० खेलाडीले भाग लिने यती एअरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । गतवर्ष फागुन २१ र २२ गते पहिलो गल्फ प्रतियोगिता भएको थियो । प्रत्येक वर्ष आङछिरिङ शेर्पाको स्मृतिमा गल्फ टुर्नामेन्ट हुने यसअघि नै यती एअरलाइन्सले घोषणा गरिसकेको छ ।
उक्त प्रतियोगितामा रजिस्टे«शन शुल्कमार्फत् सङ्कलन भएको रकम सोही समय मै गैरनाफामुखी एवं समाजसेवा गरिरहेको संस्थालाई हस्तान्तरण गरिने यती एअरलाइन्सले घोषणा गरेको छ । प्रतियोगितामा बिजेता र रनरअप, उत्कृष्ट ग्रस र रनरअप, महिला तर्फको बिजेता र रनरअप, भेट्रान तर्फका बिजेता, जुनियर तर्फका बिजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेष्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ ।
नेपालको पर्यटन विकास, प्रवद्र्धन तथा हवाई क्षेत्रको विकासमा निकै महत्वपूर्ण योगदान दिएका शेर्पाको यस क्षेत्रमा छुट्टै पहिचान छ । यती समूहका प्रबन्ध निर्देशक शेर्पाको विसं २०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परेर तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहितका टोलीमा निधन भएको थियो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







