कोरोना अपडेट : गण्डकीमा १३ जना संक्रमित हुँदा २१ निको


     एभरेस्ट आवाज    
     फागुन २५ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १३ जना संक्रमिक हुँदा २१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

बुधबार विभिन्न प्रयोगशालामा ३२० जनामा गरिएको परीक्षणमा उनीहरु संक्रमित भएका हुन् । संक्रमण पुष्टि हुनेमा कास्कीका १०, म्याग्दीका २ र बाग्लुङका १ जना छन् ।

यो सहित हालसम्म प्रदेशमा एक लाख एक हजार ९४५ जना संक्रमित भएका छन् । ती मध्य एक लाख ३१६ जना निको भएका छन् ।

अब प्रदेशमा १६४ जना सक्रिय संक्रमित छन् । तीमध्य १३८ जना होमआइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
सक्रिय संक्रमितमध्य कास्कीमा ९८, म्याग्दीमा २१, स्याङ्जामा ११, तनहुँमा १०, बाग्लुङमा ९, मुस्ताङमा ५, मनाङ र पर्वतमा ३–३, लमजुङ र नवलपरासी पूर्वमा २–२ जना छन् । यस्तै गोरखामा भने संक्रमित संख्या शून्य छ ।

प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण एक हजार ४६५ जनाको मृत्यु भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।