पोखरा । राप्रपा नेपालले गण्डकी प्रदेशका सबै जिल्लामा आगामी चैत दोस्रो साताभित्र जिल्ला कार्यसमितिले पूर्णता पाउने भएको छ ।
पोखरामा बुधबार बसेको पार्टीको गण्डकी प्रदेश कार्यसमितिको बैठकले आगामी चैत १५ गतेभित्र प्रदेशका ११ वटै जिल्लामा जिल्ला कार्यसमिति गठन गरिसक्ने निर्णय गरेको हो ।
जिल्ला कार्यसमिति गठनका लागि पार्टीका सहायक महामन्त्री शिव कुमार बाँस्तोलाको संयोजकत्वमा ४ सदस्यीय समन्वय समिति गठन भएको छ । समितिमा केन्द्रिय सदस्य सूर्य बाँस्तोला, कृष्ण प्रसाद पौडेल, गोरखा जिल्ला अध्यक्ष कुल बहादुर बस्नेत र पर्वत जिल्ला अध्यक्ष हेम शर्मा पौडेल सदस्य छन् ।
साथै बैठकले पार्टीको घोषणापत्रलाई अक्षरस पालना गर्ने, प्रत्येक महिनाको ७ गते मासिक बैठक बस्ने लगायतका निर्णय गरेको पनि केन्द्रिय सदस्य सूर्य बाँस्तोलाले जानकारी दिए ।
बैठकमा पार्टीका सहायक महामन्त्री धर्मकुमार गुरुङ , शिव कुमार बाँस्तोला, प्रदेश अध्यक्ष राजेन्द्र बहादुर अधिकारीसहित केन्द्रीय तथा जिल्लाका नेताहरु सहभागी थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







