नेपाली क्रिकेटका अलारउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको महिनाकै उत्कृष्ट खेलाडी अर्थात् ‘प्लेअर अफ द मन्थ’ को मनोनयनमा पर्न सफल भएका छन्।
आईसीसीले बुधवार सार्वजनिक गरेको फेब्रुअरी महिनाको उत्कृष्ट ३ जना खेलाडीको सूचीमा नेपालका दीपेन्द्रसिंह ऐरीसँगै भारतका श्रेयस अयर र यूएईका वृत्य अरविन्द मनोनयनमा परेका हुन्।
भोटिङका आधारमा ३ जनामध्ये एक जना महिनाकै उत्कृष्ट खेलाडी घोषित हुनेछन्। आईसीसी टी–२० विश्व कपको ग्लोबल छनोटमा नेपाल छनोट हुन सकेन र तेस्रो स्थानमै रह्यो। तर, नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे। उनले प्रतियोगितामा १ सय ५९ रन बनाउँदै ६ विकेट पनि लिन सफल भए।
छनोटअघि ओमान, यूएई र आयरल्यान्डसँग भएको शृंखलामा पनि दीपेन्द्रले १ सय ४२ रन बनाउँदै ४ विकेट पनि लिए।
यस्तै, भारतीय खेलाडी श्रेयस अयरले वेस्ट इन्डिजसँगको एकदिवसीय र टी–२० तथा श्रीलंकासँगको शृंखलामा पनि उत्कृष्ट ब्याटिङ गरेका थिए।
यूएईका वृत्य अरविन्दले आईसीसी टी–२० विश्व कप ग्लोबल छनोटमा उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई विश्व कपमा पु¥याएका छन् । १९ वर्षका अरविन्दले ५ खेलमा २६७ रन बनाएको रेकर्ड छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







