अनुवंशिक रूपमा परिमार्जित गरिएको सुंगुरको मुटु प्रत्यारोपण गरिएका विश्वकै पहिलो व्यक्तिको मृत्यु भएको छ।
मुटुको गंभीर समस्या रहेका डेबिड बेन्नेट अमेरिकामा शल्यक्रियामार्फत मुटु प्रत्यारोपण गरेपछि २ महिना बाँच्न सफल भएका थिए।
बाल्टिमोरमा ५७ वर्षीय बेन्नेटको उपचारमा संलग्न डाक्टरहरूले धेरै दिनदेखि उनको स्वास्थ नाजुक बन्दै गइरहेको र अन्ततः ८ मार्चमा उनको मृत्यु भएको बताएका छन्।
बेन्नेटलाई शल्यक्रियाअघि नै निकै खतरा रहेको र शल्यक्रियाको प्रक्रिया ’अँध्यारोमा निशाना लगाउनु’जस्तै भएको बताइएको छ। बेन्नेट बाँच्ने संभावना नभएको देखिएपछि अमेरिकाको चिकित्सा नियमन निकायले युनिभर्सिटी अफ म्यारिल्यान्ड मेडिकल सेन्टरका डाक्टरहरूलाई सुंगुरको मुटु प्रत्यारोपणका लागि विशेष अनुमति प्रदान गरेको थियो। मुटु प्रत्यारोपण गरिनुअघि पनि ६ सातासम्म निकै थला परेका उनलाई मेसिनको सहयोगले बचाएर राखिएको थियो।
७ जनवरीमा उनको मुटु प्रत्यारोपण कार्य सफल भएको थियो। डाक्टरहरूले केही सातापछि उनले परिवारसँग दिन बिताएको, सुपर बाउल हेरेको र घरमा गएर आफ्नो कुकुर ’लकी’सँग भेट्ने ईच्छा व्यक्त गरेको बताएका छन्।
उनको मुट प्रत्यारोपण गरेका डाक्टर बार्टली ग्रिफिथले उनी साहसी र असल बिरामी भएको तथा उनले अन्तिम समयसम्म बाँच्न संघर्ष गरेको बताएका छन्। समाचार एजेन्सी एपीकाअनुसार उनको छोरा डेबिड जुनियरले आफूले आफ्नो पिताका प्रत्यारोपणलाई आशाको अन्त्यको रूपमा नभई सुरुआतको रूपमा लिएको बताएका छन्।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







