संयुक्त राष्ट्रसंघ र अफ्रिकी युनियनले सुडानमा विकसित परिस्थितिप्रति ध्यानाकर्षण भएको भन्दै यसका लागि सबै संयमित हुनुपर्ने बताएका छन् ।
संयुक्त राष्ट्रसंघ र अफ्रिकी युनियनले सुडानमा पछिल्ला दिनमा विकसित हुदै गएको राजनीतिक विकासक्रमले कसैलाई पनि फाइदा नपुग्ने भन्दै यहाँका राजनीतिक दलहरुले शान्तिपूर्ण माध्यमबाट सबै समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।
ती दुई संगठनले बिहीबार सुडानका सबै राजनीतिक दल तथा द्धन्द्धरत सबै पक्षलाई वार्ता थाल्न आग्रह गरेका हुन् ।सुडानको खार्तुममा बिहीबार संयुक्त पत्रकार सम्मेलन गरेर संयुक्त राष्ट्रसंघ र अफ्रिकी युनियन सुडानका विशेष दूतले सुडानलाई सो आग्रह गरेका हुन् ।
उनीहरुले पछिल्लो समयमा सुडानमा राजनीतिक हिंसा बढ्दै गएको र यसको समाधानका लागि द्धन्द्धरत सबै पक्ष वार्ताका बसेर निकास निकाल्नुपर्ने भन्दै आग्रह गरेका हुन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


शेर्पा समाज पोखराले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ४० युनिट रगत संकलन भएको…







