भंगाराले जित्यो शिरशुभा/गंभीरसिंह गुरुङ स्मृति भलिबलको उपाधि


     एभरेस्ट आवाज    
     फागुन २८ गते २०७८ मा प्रकाशित




भंगारा युवा क्लबले दशौं शिरशुभा/गंभीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

स्याङजाको सिरुवारीमा शुक्रबार भएको फाइनलमा भंगाराले राङखोला युवा क्लबलाई २५–२१, २५–१९ र ३२–३० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो।

विजेता भंगाराले उपाधिको साथमा नगद १ लाख नगद, ट्रफी र मेडल पुरस्कार जित्यो। त्यस्तै, उपविजेता राङखोलाले ५० हजार र तेस्रो महाशिला युवा क्लबले २५ हजार पुरस्कार जित्यो।

भंगाराका सौगात गुरुङ ‘म्यान अफ द म्याच’ बने। भंगाराका राजकुमार नेपाली उत्कृष्ट खेलाडी चुनिदै १० हजार नगद पुरस्कार जिते। खेवाङ युवा क्लब अनुशासित टिम चुनियो। खेवाङले १० हजार नगद पुरस्कार जित्यो।

विजेतालाई स्याङजाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका परिवार मेजर लीलबहादुर गुरुङ, देवबहादुर गुरुङ, हिमबहादुर गुरुङ लगायतले पुरस्कार प्रदान गरे। फागुन २३ गतेदेखि सुरु प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।