तनहुँ आइटिएफ तेक्वान्दो संघमा आकाशचन्द्र


     एभरेस्ट आवाज    
     फागुन २९ गते २०७८ मा प्रकाशित




पोखरा । तनहुँ आइटिएफ तेक्वान्दो संघको दोस्रो अधिवेशनले आकाश चन्द्र घर्ती मगरको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा उत्तम थापा, सचिवमा सोम बहादुर गुरुङ, कोषाध्यक्षमा गोपाल चन्द ठकुरी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा आशिष थापा , दिपेश मगर , मालती तामाङ , बन्दना तामाङ र अबिशेक मगर छन् ।

यसअघि तनहुँको भिमाद बजारमा भएको अधिवेशनमा नेपाल आईटीएफका केन्द्रिय सदस्य घम बहादुर थापा, भिमाद नगर खेलकुद प्रमुख प्रेमबहादुर थापा, भिमाद युवा क्लवका अध्यक्ष नविन कुमार श्रेष्ठ, नवलपुर तेक्वान्दो संघका अध्यक्ष बिरबल कुवर, कास्की तेक्वान्दो संघका सचिव सुरज सुनार, गण्डकी प्रदेश तेक्वान्दो संघका डाटा कोर्डिनेटर बिशाल बुढा मगर र कास्की तेक्वान्दो संघका सदस्य बिक्रम सुनार लगायतको उपस्थिति रहेको नवनिर्वाचित अध्यक्ष मगरले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।