स्याङ्जाको पुतलीबजार र वालिङ नगरपालिका उत्कृष्ट


     एभरेस्ट आवाज    
     फागुन ३० गते २०७८ मा प्रकाशित




स्याङ्जा जिल्लाको पुतलीबजार र वालिङ देशकै उत्कृष्ट नगरपालिकामा परेका छन्।

संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा स्याङ्जाका ति नगरपालिकाहरु उत्कृष्टमा परेका हुन्।

नेपाल नगरपालिका संघ २९ औं साधारणसभाको अवसरमा स्याङजाका वालिङ र पुतलीबजार नगरपालिकाले विकास निर्माणमा उत्कृष्ट काम गरेकाले पुरस्कृत समेत भएका छन्।

पुरस्कृत हुनेमा पतुलीबजारकी सीमा क्षेत्री र बालिङका दिलिप खाँणले हुन् । उनीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट नगरपालिकाका मेयरहरुलाई प्रमाणपत्रसहित पुरस्कृत गरे।

पुतलीबजार नगरपालिकाकी मेयर सीमा क्षत्री र वालिङका मेयर दिलिपप्रताप खाँणलाई प्रधानमन्त्री देउवाले पुरस्कार प्रदान गरे।
उत्कृष्ट काम गरेको भन्दै नेपाल नगरपालिका संघले उनीहरुलाई पुरस्कृत गरेको हो।

संघले देश भरीका ७ वटा नगरपालिकालाई पुरस्कृत गरकोे छ।शहरी योजना, पूर्वाधार विकास तथा विपद व्यवस्थापनमा धादिङको नीलकण्ठ नगरपालिका उत्कृष्ठ बनेको हो।

त्यस्तै, सामाजिक विकासमा रुपन्देहीको तिलोत्तमा नगरपालिका र चितवनको राप्ती नगरपालिका उत्कृष्ठ बनेको हो।

त्यसैगरि, स्थानीय आर्थिक विकास सर्लाहीको हरिवन नगरपालिका उत्कृष्ट बनेको छ।

वन, वातावरण, जलवायु परिवर्तन र उत्थानशीलतामा इलामको इलाम नगरपालिका उत्कृष्टमा परेको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।