सृजना कपमा दुई उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति, १० जनालाई ३ महिने डाइट सामग्री प्रदान गरिने


     एभरेस्ट आवाज    
     चैत्र १ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिता प्रतियोगिताको उत्कृष्ट दुई खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । यहि चैत ४ गतेदेखि ७ गतेसम्म पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा हुने प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक÷एक जना छात्र तथा छात्रालाई प्रदेशको युवा तथा खेलकुद मन्त्रालय र आयोजकको तर्फबाट एक÷एक जनालाई वर्षको छात्रवृत्ति प्रदान गर्ने निर्णय भएको अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने छात्र÷छात्रा गरेर १० जनालाई ३ महिनाका लागि डाइट (पौष्टिक आहार) दिइने भएको छ । मन्त्रालयको ट्यालेण्ट हण्ट अन्तर्गत छात्रतर्फ ५ जना र छात्रातर्फ ५ जना गरि १० जनालाई ३ महिनाका लागि खेलाडीलाई चाहिने डाइट सामग्री प्रदान गर्ने युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (मनाङे)ले घोषणा गरेको अध्यक्ष पराजुलीले जानकारी दिए ।

कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा भलिबलको जग मानिने सामुदायिक विद्यालयमा भलिबल खेलमा पुर्नजागरण ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।